भारत -पाकिस्तान सीमाक्षेत्रमा गोलाबारी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

भारत -पाकिस्तान सीमाक्षेत्रमा गोलाबारी

काठमाडौं । भारतीय प्रशासित क्षेत्र कश्मीरको जम्मु शहरमा दोस्रो दिन पनि  गोलाबारी सुरू भएको छ । समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको हो ।

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्, सम्भवतः ठूला मिसाइलका,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

उनले यसअघि लेखेको अर्को पोस्टमा भनेका छन्, ‘अहिले जम्मुमा अन्धकार छाएको छ। शहरभरि साइरनको आवाज सुनिन थालेको छ।’
‘म जम्मु र वरपर रहेका सबैलाई हार्दिक अनुरोध गर्दछु कृपया केही घण्टाका लागि सडकमा ननिस्कनुहोस्।’ उनले आग्रह गर्दै भनेका छन्- ‘घरमै बस्नुस् वा तपाईं सहज रूपमा बस्न सक्ने सबैभन्दा नजिकको सुरक्षित स्थानमा रहनुहोस् अफवाहलाई बेवास्ता गर्नुहोस्, कुनै अपुष्ट वा नपुष्टि गरिएका कुराहरू नफैलाउनुहोस्। हामी सबै मिलेर यो परिस्थितिबाट सुरक्षित रूपमा अगाडि बढ्नेछौँ।’ मुख्यमन्त्रिले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले सर्वसाधारणलाई घर बाहिर ननिस्किन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८२ बैशाख २७, ०७: १०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८२ बैशाख २७, ०७: १०

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८२ बैशाख २७, ०७: १०

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...