प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम आज निर्णयार्थ पेश हुने – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम आज निर्णयार्थ पेश हुने

काठमाडौं । प्रतिनिधिसभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम आज निर्णयार्थ पेश हुने कार्यक्रम हुने भएको छ ।बिहान ११ बजेको लागि बोलाइएको बैठकमा सरकारको आर्थिक वर्ष २०८२–८३ को वार्षिक नीति तथा कार्यक्रम  निर्णयार्थ पेस हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन्।

राष्ट्रपतिले वैशाख १९ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त नीति तथा कार्यक्रमलाई आज प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ ।

आइतबार नै सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत हुने पनि संसद् सचिवालयले जानकारी दिएको छ।

यसैबीच, नेकपा (एमाले)ले आज को प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरेको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख २८, ०८: २८

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख २८, ०८: २८

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख २८, ०८: २८

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...