राजावादीले जेठ १५ गते आन्दोलन गर्ने सहभागी हुन राजावादीको आह्वान – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

राजावादीले जेठ १५ गते आन्दोलन गर्ने सहभागी हुन राजावादीको आह्वान

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।

समितिका संयोजक नवराज सुवेदीको अध्यक्षतामा आइतबार बसेको संयुक्त जनआन्दोलन समितिमा आबद्ध राजनीतिक दल, संघसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुन काठमाडौँ बाहिरका जनतालाई काठमाडौँ आउन आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै सुवेदीले आन्दोलन घोषणा सभा पछि पहिलो पटक सबै राष्ट्रवादी शक्तिहरू एकै ठाउँमा उभिएको सन्देश गएको बताए। उनले भने, ‘वातावरण अत्यन्त अनुकूल भएको छ।  जनआन्दोलन समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो । उक्त दिनको आन्दोलन सफल बनाउन आवश्यक कार्यक्रम तय गर्न आइतबार बैठक बसेको जनाइएको छ ।  यात्राको शुभारम्भ काठमाडौँको साँखुमा जेठ ८ गते गर्ने र जेठ ११ गते चाँगुनारायणमा समापन गर्ने तय भएको सुवेदीले बताए। यो यात्रा अन्तर्गत काठमाडौँ उपत्यकाका सबै १५ पालिका भित्रमा महत्त्वपूर्ण स्थानहरूमा कोण सभाहरू गर्ने उनको भनाइ छ।

यस्तै जेठ १३ गते वृहत् युवा स्वयंसेवक भेला गर्ने तथा आन्दोलनमा काठमाडौँ बाहिरका जनताको व्यापक सहभागिता जुटाउने गरी आवश्यक तयारी गर्ने निर्णय समेत भएको छ ।  बैठकमा सुवेदीले राजसंस्था फर्काउने अभियानको वातावरण अनुकूल बन्दै गएको ब्रिफिङ गरेका थिए ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ बैशाख २८, १५: ०५

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ बैशाख २८, १५: ०५

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ बैशाख २८, १५: ०५

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...