काठमाडौं । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार रिट दर्ता गर्दै सर्वोच्चले ३० वैशाखलाई पेसी तोकेको छ ।अधिवक्ता नवीन धितालले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतले आइतबार दर्ता गरेको हो ।
गभर्नर नियुक्ति सिफारिसका लागि सरकारले चैत ११ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति बनाएको थियो । उक्त सिफारिस समितिको बैठक एक महिनासम्म पनि बस्न नसकेको भन्दै पूर्वगभर्नरको तर्फबाट सदस्य बनेका विजयनाथ भट्टराईले राजीनामा दिएका थिए ।
नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिमा अधिकारीलाई गैरकानुनी रूपमा राखिएको भन्दै रिट परेको हो । प्रस्तुत मुद्दाको टुङ्गो नलागेसम्म मापदण्ड लागु नगर्न तथा नगराउन, गभर्नर सिफारिस नगर्न तथा नगराउन र गभर्नरको नियुक्ति भएको भए निजबाट काम नगर्न तथा नगराउन अन्तरिम आदेश माग गरिएको छ ।
सर्वोच्च अदालतले वैशाख ३० गते पेसी तारेखमा उपस्थित हुन गोरखा, अजिरकोट–२ घर भई हाल काठमाडौँ, तारकेश्वर–४ बस्ने रिट निवेदक धिताललाई भनेको छ ।
काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...
काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...
काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...