पार्टीको निर्णय सच्याउँन युवा नेताको माग – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

पार्टीको निर्णय सच्याउँन युवा नेताको माग

काठमाडौं, २८ फागुन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालमा विवाद भएको छ । संघका इन्चार्ज लक्ष्मण केसीले जारी गरेको बक्तव्य अनुसार रोशन थापा आयोजक समितिका संयोजक तोकिएपछि विवाद भएको हो । समितिमा कुनै छलफल एवं रायसल्लाह बिना गरिएको निर्णय मान्य नहुने उनीहरुले जनाएका छन् ।

संघका उपमहासचिवद्धय संजिप राइ, निर्भिक खनाल र सचिवद्धय भेषराज शाह र अनिल बोगटीले आज संयुक्त बिज्ञप्ती जारी गर्दै निर्णय सच्याउन माग गरेका छन् ।

‘निर्णय नसच्चाए युवा संघ नेपालको विधान, पद्धति र प्रक्रियाको पालना गर्दै युवा आन्दोलन लाई गलत दिशावाट जान रोक्न हाम्रो जिम्मेवारी र जवाफदेहिताको बोधगरी यो गलत आभ्यास र निर्णयका सम्बन्धमा हामि कडा कदम चल्न वाध्य हुने कुरा जानकारी गराउदछौ’ उनीहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

इन्चार्ज केसीले तोकेको आयोजक समितिमा सहसंयोजक धर्म शाही र सञ्जीव राई छन् । आयोजक समितिलाई पूर्णता दिन थापाकै संयोजकत्वमा कार्यदल पनि बनेको छ । कार्यदलमा संयोजक थापा सहित धर्म शाही, सञ्जीव राई, नरेश गिरी, प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य छन् ।

‘हाम्रो मातृ पार्टी नेकपा ( एकीकृत समाजवादी ) ले मिति २०८१÷ १०÷ १४ गते जारि गरेको अन्तरपार्टी निर्देशन – ४ को बुदा न. ६ बमोजिम युवा संघ नेपालको तत्कालिन नेतृत्व र पदाधिकारीहरु पार्टी केन्द्रिय सदस्य भैसकेकाले युवा संघ वाट बिदा गर्ने र इन्चार्ज लाई संगठनको सम्मेलन लगायतको कामको योजना बनाइ अगाडी बढाउने निर्देशन गरेको छ । तर हिजो इन्चार्ज कमरेडले एकाएक, युवा संघमा बाँकी रहेका पदाधिकारीहरु एवं कार्यालय कमिटिका सदस्यहरु संग कुनै छलफल र बैठक नै नगरी संयोजक, सहसंयोजकहरु र पार्टी केन्द्रिय निकायको जिम्मेवारीमा रहेका कमरेडलाई समेत सदस्य तोकी कार्यदल बनाउने निर्णय गर्नु भएको प्रति हाम्रो घोर आपत्ति रहेको छ,’ जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

कमजोर पटकथाको शिकार ‘काजी’
कमजोर पटकथाको शिकार ‘काजी’
  • २०८२ बैशाख २८, २०: ४४

चलचित्र समीक्षा सस्मिता पाठक   काठमाडौं । समय परिवर्तित छ । यद्यपी सामाजिक विश्वासहरू हाम्रो समाजमा अझै पनि यथावत छन्, जहाँ...

Navigarea simplificată în jocurile de noroc online devine mai accesibilă cu https://casinos-online-romania.it.com/
  • २०८२ बैशाख २८, २०: ४४

Discover how https://casinos-online-romania.it.com/ simplifies online gambling navigation, offering easy access to top casino games, slots, and reviews.

tc-check-https://test.com/
  • २०८२ बैशाख २८, २०: ४४

tc-check https://test.com