रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न म्याद थप – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न म्याद थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । गत १५ चैतमा पक्राउ परेका मिश्रसहितका आरोपितलाई मंगलबार आठौंपटक म्याद थपका लागि अदालतमा पेश गरिएको थियो ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि मिश्रलगायतमाथि प्रहरीले विभिन्न अभियोगमा अनुसन्धान गरिरहेको छ । मिश्रसँगै पक्राउ परेका राप्रपाका महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य कारणले थुनाबाहिर राखेर अनुसन्धान भइरहेको छ, भने आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं थुनामै छन् ।

मिश्रसँगै पक्राउ परेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणालाई स्वास्थ्य अवस्थाको कारण देखाएर प्रहरीले थुनाबाहिर राखेर अनुसन्धान गरिरहेको छ । पछि पक्राउ परेका आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईं पनि थुनामै छन् ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा अराजक गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।राजावादी समूहले गरेको उक्त अराजक प्रदर्शनमा एक पत्रकार सहति दुई जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार

एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
एसिसी पुरुष क्रिकेटः नेपालद्वारा सिङ्गापुर पराजित
  • २०८२ बैशाख ३०, १९: ३३

काठमाण्डू : एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामे नेपाल सिङ्गापुरकेँ पराजित करैत सुखद सुरूआत कएलक अइछ। मलेसियाक युकेएम ओभल...

‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
‘भिजिट भिसा’ प्रकरणपर पाँच दिनमे बनत छानबिन संयन्त्र : मुख्य सचेतक बर्तौला
  • २०८२ बैशाख ३०, १९: ३३

काठमाण्डू : नेपाल कम्युनिष्ट पार्टी (एमाले) क मुख्य सचेतक महेश बर्तौला ‘भिजिट भिसा’ प्रकरणक सम्बन्धमे सत्तापक्ष आ प्रमुख प्रतिपक्षक बीच...

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८२ बैशाख ३०, १९: ३३

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...