नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ‘थ्री’मा प्रवेश – Naya Bikalpa
May 17, 2025, Saturday      Epaper

नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ‘थ्री’मा प्रवेश

काठमाडौं : नेपाल महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ‘थ्री’ चरणमा स्थान सुरक्षित गरेको छ ।

शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर ‘थ्री’मा प्रवेश गर्न सफल भएको हो । नेपाल र हङकङ दुवैको समान ५-५ अंक भए पनि नेपालले बढी जित निकालेकाले अगाडि बढ्ने अवसर पाएको हो ।

नेपालले समूह चरणमा ४ खेल खेलेको थियो, जसमा २ खेलमा जित, १ मा हार र १ खेल वर्षाले प्रभावित हुँदा कुल ५ अंक जोड्न सफल भयो । हङकङले भने ४ खेलमध्ये १ मा मात्र जित निकाल्न सक्यो भने बाँकी ३ खेल वर्षाका कारण बिना नतिजा समाप्त भएका थिए ।

प्रतियोगितामा सहभागी ९ टोली तीन समूहमा विभाजित थिए, जहाँ प्रत्येक समूहबाट शीर्ष टोलीहरूले सुपर ‘थ्री’ चरणमा स्थान बनाएका छन् । अब सुपर ‘थ्री’मा टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्, जसबाट शीर्ष दुई टोली विश्वकप ग्लोबल छनोटमा प्रवेश गर्नेछन् ।

सुपर ‘थ्री’ चरणमा नेपालले अब बलिया टोलीहरू संयुक्त अरब इमिरेट्स (यूएई) र थाइल्याण्डसँग खेल्नेछ । यी खेल नेपालका लागि निर्णायक हुनेछन् ।

सम्बन्धित समाचार

रोकिएको आईपीएल आजदेखि फेरि सुरु हुँदै
रोकिएको आईपीएल आजदेखि फेरि सुरु हुँदै
  • २०८२ जेष्ठ ३, १४: १७

काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आजदेखि फेरि सुरु हुँदै छन् ।आतंककारी समुदायले काश्मिरको...

विनिमय दर : कुन विदेशी मुद्राको भाउ कति ?
विनिमय दर : कुन विदेशी मुद्राको भाउ कति ?
  • २०८२ जेष्ठ ३, १४: १७

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर...

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
  • २०८२ जेष्ठ ३, १४: १७

काठमाडौं : हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त...