काठमाडौं । भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू आजदेखि फेरि सुरु हुँदै छन् ।आतंककारी समुदायले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरे पछि तनावको बिचमा गत साता जारी खेल रोकिएको थियो ।
भारत र पाकिस्तानबीच तनाव व्यवस्थापन भइ युद्ध बिराम भएपछि पुनः आईपीएल सुरु हुन लागेको हो । आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो । आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।
काठमाडौं : नेपाल महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ‘थ्री’ चरणमा स्थान सुरक्षित गरेको छ ।...
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा...
काठमाडौं : स्कटल्यान्डमा हुने आईसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ । नेपाल...