सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

सुशासनका लागि सूचनाको हक आवश्यक: गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सूचनाको हक  सूचनाको हक आवश्यक भएको बताएका छन् ।सूचनाको हक पारदर्शिताका लागि आवश्यक रहेको बताउँदै उनले जे माग्यो त्यही सूचना भने दिन बाध्य नहुने बताएका हुन् ।उनले भने, ‘सूचनाको हक किन आवश्यक छ भन्दा पारदर्शिताका लागि आवश्यक छ । सूचनाको हकले पारदर्शिता स्थापित गर्छ, पारदर्शिता भएपछि त्यसले सुशासनको सुनिश्चितता गर्छ । यदी पारदर्शिता छैन् भने सुशासन हुदैँन् र पारदर्शिताको लागि सूचनाको हक आवश्यक हुन्छ । त्यसकारण सुशासनको लागि पनि सूचनाको हक आवश्यक छ ।’

यस्तै, उनले लोकतान्त्रिक समाज, पद्धतीमा सूचनाको हकलाई जसरी व्यवस्थित गरिन्छ त्यही तरिकाले नेपालमा पनि व्यवस्था गरेको भन्दै नागरिकलाई सूचना उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए । “संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी हुन्छ, सूचना नलुकाइकन दिन पनि आग्रह गर्दछु”, मन्त्री लेखकले भने, “गोपनीयतासँग जोडिएका सूचना दिन जरुरी हुँदैन, सूचना लुकाउनुपर्ने भए गोपनीयताको यस कारण दिन सकिएन भन्ने कुरा स्पष्ट लेखेर दिनुपर्छ ।”

कुनैपनि सरकारी कार्यालयमा आफ्नो काम छ भने त्यो कहाँ पुगेको छ भन्ने जानकारी लिन पाउनुपर्ने हक पनि प्रत्येक नागरिकलाई छ । नागरिकलाई सूचना पाउने हक भनेको सरकारको दिने दायित्व हो । सरकारले त्यो उपलब्ध गराउनुपर्छ ।’

यसका साथै, उनले सूचनाको हक भन्ने वित्तिकै जे मागे त्यही दिन पर्छ भन्ने पनि हुदैँन् । कतिपय गोप्य राख्नुपर्ने सूचना हुने भन्दै सबै सूचना सार्वजनिक गरेपनि अराजकता पैदा गर्ने गरेको पाइएको छ ।मंगलबार राष्ट्रिय सूचना आयोगले काठमाडौंमा आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरुरी रहेको पनि बताए ।

 

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ जेष्ठ ६, १७: २७

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ जेष्ठ ६, १७: २७

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ जेष्ठ ६, १७: २७

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...