भोलिसम्म सर्‍यो प्रतिनिधिसभा बैठक, अर्को बैठक भोलि बिहान ११ बजे – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

भोलिसम्म सर्‍यो प्रतिनिधिसभा बैठक, अर्को बैठक भोलि बिहान ११ बजे

काठमाडौं ।प्रतिनिधिसभा बैठक स्थगन भएको छ । संसद्‌को अर्को बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांसदहरुले संसद अवरोध गरेका थिए ।आज सुरुमा आधा घण्टाका लागि स्थगन गरिएको बैठक पछि सूचनामार्फत साढे २ बजे बस्ने भनिएको थियो ।

विवादित व्यक्तिलाई अध्यागनमा गरेको सरुवा र गृहमन्त्रीकै रमेश लेखकको निर्देशनमा भिजिट भिसाका नाममा मानवतस्करी भएको आरोप लागेको छ ।भिजिट भिसाको नाममा करोडौं रुपैयाँ लिएर नेपाली युवालाई विदेश उडाउने गरेको घटना सार्वजनिक भएपछि त्यसमा गृहमन्त्रीसमेत संलग्न रहेको आरोप विपक्षीहरूले लगाएका छन् ।

बैठक सुरु हुना साथ विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताउँदै नाराबाजी गर्दै विरोध गरेपछि सभामुख देवराज घिमिरेले ३० मिनेटलाई बैठक स्थगित भएको सूचना सुनाए। सहमति नजुटेपछि उनले दिउँसो साढे २ बजेसम्म बैठक स्थगित गरिएको सूचना टाँस्न लगाएर पुनः सहमतिको प्रयास गरेका थिए । त्यसपछि पनि सहमती जुट्न नसकेपछि भोलि बिहानसम्मका लागि वैठक स्थगित गरिएको हो ।

गृहमन्त्री लेखकले आफूमाथि लागेका आरोप निराधार रहेको बताइसकेका छन् । उनको पार्टी नेपाली कांग्रेसले पनि गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालिसकेको छ ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ जेष्ठ १३, १६: ३१

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ जेष्ठ १३, १६: ३१

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ जेष्ठ १३, १६: ३१

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...