काठमाडौं । अमेरिका बस्दै आएका नव गायक रुद्र शेखर शर्माले आफ्नो एकल स्वरमा नयाँ गीतिसँग्रह ‘रुपम’ बजारमा ल्याएका छन् ।
काठमाडौंमा शुक्रबार एक समारोहबीच वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा रुपमलाई सार्वजनिक गरिएको हो । गीतकार यादव खरेल, एसपी कोइराला, डा.नवराज लम्साल, गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा, रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीतकार संघका उपाध्यक्ष शान्तिराम राईले पनि बिमोचनमा प्रधानलाई साथ दिए ।
यो गीतिसँग्रहमा विपिन किरणको एकल शब्द र नारायण सुवेदी आभासको एकल संगीत रहेको छ । एल्बमलाई किरण क्रियशनले बजार उत्पादन तथा व्यवस्थापन गरेको हो । यो गीतिसँग्रहमा दुख्दिनँ म…, तिमी भन्छौ…, चौबन्दीको तुनामा…, माया मारी…बोलका गीत छन् । सँग्रहमा राखिएको अलिकति तिम्रो रुपको…गीत बोनस गीतका रुपमा तुलसी बस्नेतले लेखेका छन् ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...