कान्तिलोकपथ ४ दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्ने सकिने – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

कान्तिलोकपथ ४ दिन बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्ने सकिने

काठमाडौं । कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । कान्तिलोकपथ अन्तर्गत बगुवाको बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न हुने भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलले निकालेको सूचनमा सडक बन्द हुँदा हेटौँडा–काठमाण्डौ र काठमाण्डौ–हेटौँडा चल्ने गाडीलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । कान्तिलोकपथको वैकल्पिक सडकका रुपमा कुलेखानी–कलङ्की–हुमाने वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान-कलंकी-हुमाने वा कुलेखानी-सिस्नेरी-फर्पिङ सडक प्रयोग गर्न सकिने सूचनामार्फत जानकारी दिइएको छ । २१ जेठ २०८२ देखि २४ गतेसम्म सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। पुल निर्माणको क्रममा यात्रु तथा सवारीको सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ जेष्ठ २०, ११: ३६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ जेष्ठ २०, ११: ३६

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ जेष्ठ २०, ११: ३६

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...