सेयर बजारमा हरियाली, आज २३ अंकले बढ्याे – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

सेयर बजारमा हरियाली, आज २३ अंकले बढ्याे

 काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६ सय ५३ दशमलव ०९ विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो ।

आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ।साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् ।सोमबारको कारोबारपछि बजारपुँजिकरण ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।

समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै साढे ७ प्रतिशतले घटेको छ । यस दिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

सम्बन्धित समाचार

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८२ जेष्ठ २६, १७: १७

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...

सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
  • २०८२ जेष्ठ २६, १७: १७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास,...

तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
तामाकोशी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
  • २०८२ जेष्ठ २६, १७: १७

मन्थली : जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका–६ को कुनाउरीको भलुवाखोलाबाट वडा...