सेयर बजारमा हरियाली, आज २३ अंकले बढ्याे – Naya Bikalpa
February 13, 2026, Friday      Epaper

सेयर बजारमा हरियाली, आज २३ अंकले बढ्याे

 काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६ सय ५३ दशमलव ०९ विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो ।

आज सेयर बजारमा १९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ। त्यस्तै एक कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ।साथै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड, पुरी इनर्जी लिमिटेड, डोल्टी पावर कम्पनी लिमिटेड र विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेका छन् ।सोमबारको कारोबारपछि बजारपुँजिकरण ४४ खर्ब १९ अर्ब २१ करोड ५४ लाख ३४ हजार ४९० पुगेको छ ।

समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै साढे ७ प्रतिशतले घटेको छ । यस दिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
  • २०८२ जेष्ठ २६, १७: १७

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर तीन लाख ३...

पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
पोखरामा दुई सातापछि फोहर उठाउन थालियो
  • २०८२ जेष्ठ २६, १७: १७

कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...

आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा
आलोपालो प्रधानमन्त्री हुने प्रथा अन्त्य गर्नुपर्छः शर्मा
  • २०८२ जेष्ठ २६, १७: १७

बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...