सुकुम्बासी बस्तीमा खानेपानीको माग यस्तो छ संघर्ष समितिको आन्दोलनका कार्यक्रम – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

सुकुम्बासी बस्तीमा खानेपानीको माग यस्तो छ संघर्ष समितिको आन्दोलनका कार्यक्रम

२६ जेठ काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको माग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा आज ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौंको सुकुम्बासी तथा अव्यवस्थित बस्तीहरूमा खानेपानी आपूर्ति नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत संघले दिएको छ । खानेपानी संघर्ष समिति सुकुम्बासी बस्ती काठमाडौंले आफूहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

आम सुकुम्बासी तथा अब्यवस्थित बासोबासी संघका अध्यक्ष एवं संघर्ष समितिका संयोजक समेत रहेका कालबहादुर विकले एक हप्ताभित्रमा आफूहरुको माग सम्बोधन नभए खाली गाग्री सहित खानेपानी कार्यालय घेराउन गर्ने बताए ।

संघर्ष समितिले ध्यानकर्षण सहितको ज्ञापनपत्र बुझाएको र एक हप्तामा खानेपानीको समस्या समाधान नभए चरणबद्ध आन्दोलनमा उत्रिने संघर्ष समितिका प्रवक्ता रञ्जु साहले जनाएकी छन् । साहका अनुसार २ असारदेखी खाली गाग्री सहित खानेपानी कार्यालय घेराउ गर्ने र १० असारदेखी काठमाडौंको खानेपानी वितरण अवरुद्ध गर्ने लगायतका आन्दोलनका कार्यक्रम रहेको छ ।

‘सुकुम्बासी तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका टोल–बस्तीहरूमा अहिलेसम्म खानेपानीको आपूर्ति गरिएको छैन । जसले गर्दा हामी पीडित जनतामा अत्यन्तै अन्याय, असन्तोष र पीडाको अनुभूति भईरहेकोछ । शत्रुलाई पनि खानेपानिबाट बञ्चित गर्नुहुँदैन भन्ने हाम्रो समाजको परम्परागत मान्यता विपरित आजको २१औं शताब्दीमा आएर यस्तो अपराध गर्नु भनेको असंवैधानिक हर्कत मात्र नभएर गम्भीर मानवता विरोधी कुकृत्य पनि हो । हाम्रो मत र राजस्वबाट राज्य संचालन हुने तर हामी नै शुद्ध खानेपानिको अभावमा तडपिनु पर्ने विभेदपूर्ण व्यवहारको तुरुन्त अन्त्य गरियोस भन्ने माग सहित यस कार्यालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

हाल काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा मेलम्ची खानेपानी योजना अन्तर्गत पाइपलाइन विस्तार भई पानी आपूर्ति भइसकेको छ । तर, काठमाडौंको सुकुम्बासी बस्तीहरुमा खानेपानीको व्यवस्था गरिएको छैन् ।

कुनैपनि किन्तु परन्तुको आडमा आफूहरुको न्यायोचित मागलाई नजरअन्दाज गर्ने गराउने दुस्प्रयास भएमा कडा संघर्षमा उत्रिने र त्यसबाट सृजीत हुने सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयं नेपाल सरकारको हुने विषय अग्रीम रूपमा अवगत गराउन ज्ञापनपत्र बुझाएको समितिले जनाएको छ ।

आजपा सहअध्यक्ष तिलक थापामगर, संघका अध्यक्ष कालबहादुर विक सहितका नेताहरु खानेपानी लिमिटेटको त्रिपुरेश्वर कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ जेष्ठ २६, १९: ४२

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ जेष्ठ २६, १९: ४२

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ जेष्ठ २६, १९: ४२

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...