
काठमाडौं। नेकपा एमालेनिकट अनेरास्ववियुको अध्यक्ष पदका लागि प्रकाश पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गराएका हुन् ।
कीर्तिपुरमा जारी अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा सहमतिको अधिकतम प्रयास विफल भएपछि निर्वाचन हुन लागेको हो ।अध्यक्षमण्डलका तर्फबाट मंगलबार बिहान सुजन कडरियालाई अध्यक्ष प्रस्ताव गरिएपछि विरोध भएको थियो ।
तिनिधिहरूले हलमै नाराबाजी गरेपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो।अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र कडरियाले आकांक्षा राखेको बताइएको छ।
काठमाडौं : नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...
काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...
महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...