काठमाडौं । पछिल्लो समय चलचित्र अभिनय भन्दा गायनमा रमाएकी अभिनेत्री सारिका घिमिरेले आफ्नो नयाँ गीत मुखै चिसो बनायो मुलको पानीले…को भिडियो बुधबार रिलिज गरेकी छिन् ।
सञ्चारकर्मी शान्तिप्रियको शब्द रहेको यो गीतमा दीपक शर्माले सँगीत दिएका छन् । केही महिना अघि सार्वजनिक भएको सारिकाको एकल स्वरको गीतिसँग्रह ‘मोहनी’ मा यो गीत सँग्रहित छ ।
यो गीतको भिडियोमा बी गोर्खाली ब्वाईजसँग दिक्पाल कार्की र सारीका स्वयँको अभिनय छ । राजधानी स्थित वल्र्ड ट्रेड सेन्टरमा छायाँकन गरिएको गीतको भिडियो छायाँकन राजन लामाले गरेका हुन् ।
रुद्र बोहराको निर्देशन र सन्तोष भारद्वाजको सम्पादन रहेको भिडियो राम्रो बनेको यी अभिनेत्रीको कथन छ । यस अघि आफ्नो गीतको भिडियोलाई राखै श्रोताले हेरेकाले यो गीतलाई पनि दर्शकले युट्युवमा त्यत्तिकै मन पराउने सारिकाले बताईन् ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...