सारिकाको स्वरमा नयाँ भिडियो – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

सारिकाको स्वरमा नयाँ भिडियो

काठमाडौं । पछिल्लो समय चलचित्र अभिनय भन्दा गायनमा रमाएकी अभिनेत्री सारिका घिमिरेले आफ्नो नयाँ गीत मुखै चिसो बनायो मुलको पानीले…को भिडियो बुधबार रिलिज गरेकी छिन् ।
सञ्चारकर्मी शान्तिप्रियको शब्द रहेको यो गीतमा दीपक शर्माले सँगीत दिएका छन् । केही महिना अघि सार्वजनिक भएको सारिकाको एकल स्वरको गीतिसँग्रह ‘मोहनी’ मा यो गीत सँग्रहित छ ।
यो गीतको भिडियोमा बी गोर्खाली ब्वाईजसँग दिक्पाल कार्की र सारीका स्वयँको अभिनय छ । राजधानी स्थित वल्र्ड ट्रेड सेन्टरमा छायाँकन गरिएको गीतको भिडियो छायाँकन राजन लामाले गरेका हुन् ।
रुद्र बोहराको निर्देशन र सन्तोष भारद्वाजको सम्पादन रहेको भिडियो राम्रो बनेको यी अभिनेत्रीको कथन छ । यस अघि आफ्नो गीतको भिडियोलाई राखै श्रोताले हेरेकाले यो गीतलाई पनि दर्शकले युट्युवमा त्यत्तिकै मन पराउने सारिकाले बताईन् ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ माघ ८, ०९: ०३

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ माघ ८, ०९: ०३

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ माघ ८, ०९: ०३

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...