प्रतिनिधि सभा बैठक बस्दै,के छ कार्यसूची ? – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

प्रतिनिधि सभा बैठक बस्दै,के छ कार्यसूची ?

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ ।दिउसो १ बजे बस्ने आजको बैठकमा संघीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो।

सो प्रस्तावमाथि मंगलबा छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। लामो समयपछि संघीय निजामती विधेयक पारित हुन लागेको हो।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ पेस गर्ने कार्यसूची निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
  • २०८२ असार ३, ०७: ११

काठमाडौं : नेपाली चर्चित एमएमए स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउमा जारी...

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ असार ३, ०७: ११

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ असार ३, ०७: ११

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...