‘महाभोजः दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया, फिल्मकर्मी र राजनीतिक विश्लेषकले पनि गरे प्रशंसा – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

‘महाभोजः दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया, फिल्मकर्मी र राजनीतिक विश्लेषकले पनि गरे प्रशंसा

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।यसअघि जेठ १५ गते रिलिज हुने तिथि रहेको चलचित्र राजावादी आन्दोलनको मारमा परेर पछि धकेलिएको थियो ।फिल्म हेरेर हलबाट बाहिरिने दर्शकहरूले यसको खुलेर तारिफ गरिरहेका छन्।

यसै क्रममा, सोमबार साँझ काठमाडौंमा नेपाली फिल्म, साहित्य र अन्य क्षेत्रका व्यक्तित्वहरूले समेत ‘महाभोज’ हेरेका छन्। कलाकारहरू हरिवंश आचार्य, सरोज खनाल, जितु नेपाल, आयुष्मान देशराज जोशी, परीक्षा लिम्बु, निर्देशक तुलसी घिमिरे, नवीन चौहान, प्रदीप भट्टराई, साहित्यकार अमर न्यौपाने, विवेक ओझा, राजनीतिक विश्लेषक मुमाराम खनाल, समाजशास्त्री निर्मला ढकाल लगायतले फिल्म हेरेपछि यसले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको प्रशंसा गरे।

फिल्मले सहकारी संस्थाहरूमा हुने ठगी र भ्रष्टाचारलाई उजागर गर्दै नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ। हेर्नेहरूले फिल्मले मात्र मनोरञ्जन नभई शिक्षाको पनि काम गरेको बताएका छन्। एक दर्शकले भने, “चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु।”

यस्तै अभिनेता हरिवंश आचार्यले जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले स्पष्ट देखाएको बताए ।चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् जसले कथालाई प्रभावकारी बनाएको छ ।त्यसमा सहकारीको सक्कली पीडित वसुन्धरा भुसालदेखि स्क्रिप्ट अनुसारका पात्रहरू पनि छन्। तर हलमा त्यस्तै २ घण्टा १३ मिनेट बिताउँदा फिल्मको पर्दामा देखिने पात्रहरू हाम्रै राजनीतिको वरिपरिका पात्रहरू जस्तै लाग्छन्। अभिनेता आचार्यले जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले स्पष्ट देखाएको बताए ।चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् जसले कथालाई प्रभावकारी बनाएको छ ।

सहकारी ठगी र सहकारी पीडितको कथा उठान गरिएको ‘महाभोज’ हेरेपछि उपस्थित सबैले चलचित्रको खुलेर तारिफ गरेका छन् । संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको बताउँदै सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका छन् । भने धेरैले ‘महाभोज’ एकपटक हेर्नै पर्ने चलचित्र बनेको पनि बताएका छन् ।

हिमाल कडरियाले निर्माण गरेको फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्तलगायत कलाकारहरूको अभिनय छ।

‘महाभोज’ले नेपाली समाजका गम्भीर समस्यालाई पर्दामा ल्याएर दर्शकलाई सोच्न प्रेरित गरेको छ र यसले नेपाली सिनेमा क्षेत्रमा नयाँ मिसाल कायम गरेको छ।

सम्बन्धित समाचार

‘परान’ले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?
‘परान’ले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?
  • २०८२ असार ४, ०९: ३८

काठमाडौं : पछिल्लो समय एकपछि एक नेपाली चलचित्रले राम्रो व्यापार गर्न थालेका छन् । गत वर्ष ‘पूर्णबहादुरको सारङ्गी’ले एतिहासिक व्यापार...

फिल्म‘मिरमिरे’ को टिजर सार्वजनिक
फिल्म‘मिरमिरे’ को टिजर सार्वजनिक
  • २०८२ असार ४, ०९: ३८

काठमाडौं : दयाहाङ राई अभिनित फिल्म ‘मिरमिरे’को टिजर सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार युटुबमार्फत फिल्मको टिजरलाई रिलिज गरेको हो।माघ...

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
  • २०८२ असार ४, ०९: ३८

एजेन्सी : बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको भारतीय...