प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई विर्सन सकिदैन्: मन्त्री सिंह – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई विर्सन सकिदैन्: मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा भएको प्रतियोगिता निकै महत्वपूर्ण भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेशनल किक बक्सिङ्ग एसोसिएसनद्वारा आयोजित तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगितामा उनले राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्न जुलुस निकाल्ने महिला मंगलादेवी भएको भन्दै उनको नाममा भएको प्रतियोगिताको निकै महत्व रहेको बताए ।

उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको सम्झनामा प्रतियोगिता भएको हो । उहाँ राणाहरुको समयमा महिलाहरुको आवाजलाई संगठित गर्नुपर्छ भनेर लाग्नु भएको व्यक्तित्व हो । त्यो बेला महिलाहरुलाई भोट हाल्ने अधिकार पुरुषसरह हुनुपर्छ भनेर र समाजलाई अगाडि बढाउनको लागि छोराहरुलाई मात्र होइन छोरीलाई पनि अगाडि बढाउनुपर्छ । महिलाहरुको लागि पनि विद्यालय खोल्नुपर्छ भनेर जुलुस निकालेर महिलाहरुको अधिकारको लागि मंगलादेवीले धेरै ठूलो योगदान गर्नुभएको थियो ।’

यस्तै, उनले मंगलादेवीले महिलाहरुलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरुको अधिकार छोरासरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए ।

आज भएको तेस्रो मंगलादेवी स्मृति किक बक्सिङ्ग प्रतियोगिताले खेल क्षेत्रमा अझ उत्साह थप्ने पनि उनको भनाई छ ।

 

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ असार ७, १७: १४

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ असार ७, १७: १४

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ असार ७, १७: १४

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...