काठमाडौं। हंगेरीको राजधानी बुढापेस्टमा हजारौं मानिसहरूले बुढापेस्ट प्राइडको नामले चिनिने एक कार्यक्रममाथि सरकारले लगाएको प्रतिबन्धको अवज्ञा गर्दै सडकमा उत्रिएका छन् ।उनीहरूले सहरका मेयरको आह्वानलाई पालना गरेका हुन् । मेयरले ‘स्वतन्त्रता, सम्मान र समान अधिकारका लागि शान्तिपूर्वक र साहसपूर्वक एकजुट हुन’ आग्रह गरेका थिए ।
बुढापेस्ट प्राइड (बुढापेस्ट प्राइड फिल्म र सांस्कृतिक महोत्सव_ हंगेरीको सबैभन्दा ठूलो वार्षिक एलजीबीटीक्यू कार्यक्रम हो । बुढापेस्ट मार्च हप्ता दिनसम्म चल्ने यो महोत्सवको सबैभन्दा चर्चित कार्यक्रम मानिन्छ ।प्रधानमन्त्री भिक्टर ओर्बानले बुढापेस्ट प्राइड लगायत एलजीबीटीक्यू प्लसका सार्वजनिक कार्यक्रमहरुमा प्रतिबन्ध लगाएपछि यसको विरोध स्वरुप यो कार्यक्रम आयोजना गरेको बताइएको छ ।<
शनिबार उत्साहित भीडले सहरका सडकहरूमा प्राइड झण्डा र देशका प्रधानमन्त्री भिक्टर ओर्बानको घोचपेच गरिएका प्लाकार्डहरू बोकेर शान्तिपूर्ण ढिलो गतिको जुलुसमा अघि बढेका थिए ।आयोजकहरूले रेकर्ड संख्यामा मानिसहरू उपस्थित भएको अनुमान गरेको बीबीसीले जनाएको छ । यो संख्या अपेक्षा गरिएको ३५, हजार–४०, हजारको सहभागितालाई धेरैले उछिनेको छ ।“हामीलाई लाग्छ कि एक लाख ८० हजार देखि दुई लाख मानिसहरू सहभागी छन्,” बुढापेस्ट प्राइडकी अध्यक्ष भिक्टोरिया राड्भान्यीले एएफपीलाई बताइन् ।
सरकारविरुद्धको यो विशाल प्रदर्शन बुढापेस्ट प्राइडको ३०औं वार्षिकोत्सवको मिश्रित उत्सव थियो ।शनिबारको सहभागिता रेकर्ड स्तरमा पुग्ने अपेक्षा गरिएको थियो ।
काठमाडौं : सबै संघीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको...
पाकिस्तानः पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र...
झापा : लम्पी स्किन रोगको संक्रमणबाट एक वर्षभित्र झापामा १० हजारभन्दा बढी गाईगोरु संक्रमित भएका छन् । केही महिनायता संक्रमित...