आजदेखि बस्दै केन्द्रीय समिति बैठक, कांग्रेसले तय गर्‍यो एजेन्डा – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

आजदेखि बस्दै केन्द्रीय समिति बैठक, कांग्रेसले तय गर्‍यो एजेन्डा

काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठकका लागि छलफलका एजेण्डाहरु तय गरेको छ।आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय समितिका छलफलका एजेण्डाहरु तय गरेको हो।
कांग्रेसको केन्द्रीय समितिको बैठक सोमवारदेखि सुरू हुँदैछ।बैठकले भ्रातृ संगठनहरुलाई समय थप्ने विषयलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने भएको छ। केन्द्रीय समितिको बैठकमा समसामयिक, राजनीतिक विषयको समीक्षा हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

त्यस्तै पार्टीका विदेशमा रहेका जनसम्पर्क समितिलाई मजबुत बनाउने बारेमा केन्द्रीय समितिको बैठकमा छलफल हुनेछ।प्रदेश र केन्द्रको बजेटका बारेमा पनि छलफल हुने प्रवक्ता महतले जानकारी दिए।

उनले केही भ्रातृ संस्थाले अधिवेशन सकिसकेको र केहीले काम गर्न बाँकी रहेको र त्यसमा कति समय दिन सकिन्छ भन्नेबारेमा छलफल हुने बताए।

सम्बन्धित समाचार

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग
  • २०८२ असार १६, ०६: ५८

काठमाडौं :  नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग...

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ असार १६, ०६: ५८

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...

 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
  • २०८२ असार १६, ०६: ५८

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ...