विपद्जन्य क्षति हुनबाट रोक्न, विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा : गृहमन्त्री – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

विपद्जन्य क्षति हुनबाट रोक्न, विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन्। मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उनले यस्तो बताएका हुन्।

नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको बताए । उनले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताए।  । काठमाडौं उपत्यकाभित्र कुनैपनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको उनको भनाइ छ ।

उनले काठमाडौँ उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको बताए। उपत्यका बाहिर भने वायुसेवा सञ्चालकहरुले आवश्यक परेको खण्डमा ‘अपरेशन कस्ट’ लिएर उद्धार गर्ने समझदारी भएको छ । खोज र उद्धारमा संलग्न हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई गृह मन्त्रालयले व्यवस्थापन गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा
  • २०८२ असार १७, १८: ३५

काठमाडौँ : मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।...

 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
 एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात
  • २०८२ असार १७, १८: ३५

वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ...

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
  • २०८२ असार १७, १८: ३५

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...