काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र माओवादी केन्द्रवीच एकताको लागि एक हप्ताभित्रै नीति र नेतृत्वका विषयमा सहमति हुने बताए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै बरिष्ठ नेता खनालले उक्त कुरा बताएका हुन् ।
उनले अब बस्ने एकता संयोजन समितिको बैठकले एकताबारे ठोस निर्णय लिन्छ, नेतृत्व र नीतिबारे एक हप्ताभित्रै सहमतिमा पुग्ने आवश्यक परे दुई वटा कार्यदल बनाउने, एउटा वैचारिक र अर्को संगठनाात्मक, यसले सबै कुरा टुँगो लगाउने बताए ।
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी एकता सरकार गठनभन्दा अघि नै हुनसक्ने समेत संकेत गरे । खनालले पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने कुरा नहुने दुवैले आ–आफ्नो ढंगले काम गर्ने तर पार्टी एकता सरकार गठनभन्दा पहिले पनि हुनसक्ने बताए । अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले नै गर्नेमा ९९ प्रतिशत संभावना रहेको उनले बताए ।
नेता खनालले अहिलेलाई केपी ओली प्रधानमन्त्री बन्ने संभावना ९९ प्रतिशत रहेको तर को अध्यक्ष बन्छ भन्ने विष्यमा सल्लाह गर्न बाँकी रहेको बताए । नेता खनालले पार्टीले जिम्मेवारी दिए आफू जुनसुकै भूमिका निर्वाह गर्नबाट पछि नहट्ने समेत स्पष्ट पारे । एकतापछि पनि आफू अहिले जुन धरातलमा रहेको हो त्यही धरातलमा हुने उनलेब बताए ।
राष्ट्रपतिमा तपाईको नाम चर्चामा छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा को राष्ट्रपति बन्छ ? भन्ने कुरा सबै कुरा ध्यानमा राखेर निर्णय हुन्छ, राष्ट्रमा पुर्याएको योगदानको आधारमा उचित निर्णय हुन्छ, यसबारेमा उपर्युक्त समयमा उपर्युक्त निर्णय गरिने उनको भनाई थियो ।
नेता खनालले प्रदेश प्रमुख नियुक्तिलाई आफूहरुले आश्चर्य र अनौठो ढंगले नलिएको बताए । उनले भने,‘सरकारले हालै गरेको प्रदेश प्रमुखको नियुक्तिलाई हामीले अनौठो र आश्चर्यको रुपमा लिएको छैन, प्रक्रिया अघि बढ्छ।’ यद्धपी उनले आगामी सरकारले प्रदेश प्रमुखहरुको काम÷कारबाही राम्रो ढंगले अघि बढेको नपाए त्यसमा विचार पुर्याउन सक्ने धारणा व्यक्त गरे ।
त्यस्तै उनले प्रदेशको अस्थायी राजधानीको बारेमा पनि टिप्पणी गर्दै उनले प्रदेश सभाले निर्णय गर्छ, अस्थायी राजधानीको बारेमा अहिले आन्दोलन भयो भनेर संघीयतासँग जोडेर हेर्न नहुने भन्दै राजधानी तोक्ने काम प्रदेश सभाको भएको बताए ।
खनालले नयाँ संविधान जारी भएपछिको पहिलो महानिर्वाचन सम्पन्न भएर मुलुक नयाँ चरणमा प्रवेश गरेको बताए । उनले वाम गठबन्धनको विजयीलाई संविधानको पनि विजय भएको टिप्पणी गरे ।
नेता खनालले फागुनको दोस्रो हप्ताभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्ने बताए । अब बन्ने सरकारले महत्वपूर्ण कार्यभार सम्हाल्नुपर्ने बताउँदै खनालले भने,‘अब बन्ने सरकारले महत्वपूर्ण पाँच वटा कार्यभार पूरा गर्नुपर्छ, त्यो भनेको लोकतन्त्रलाई संस्थागत गर्ने, व्यापक बनाउने, वामपन्थीहरु लोकतान्त्रिक हुँदैनन् भन्ने आरोप तथा मिथ्याहरुलाई खण्डन गर्नुपर्छ, दोस्रो भनेको राष्ट्रियता, सार्वभौमिकता, अखण्डतालाई सुदृढ गर्ने, राष्ट्रिय स्वाभिमानलाई प्रर्वद्धन गर्ने, हामी कसैको पनि विरुद्धमा छैनौं, तेस्रो भनेको सामाजिक–आर्थिक रुपान्तरण गर्ने, यसलाई तिव्रता प्रदान गर्ने हो, देशको पूर्वाधार विकास, कृषि आधनुकिरण, जलस्रोतको विकास गर्ने, जलविद्युत उत्पान गर्ने हजारौं÷हजारौं मेगावाट विद्युत उत्पादन गर्ने, पर्यटनको विकास गर्ने, त्यस्तै चौथो भनेको सामाजिक, साँस्कृतिक विविधतालाई कायम गर्ने, र पाँचौ भनेको अन्र्तराष्ट्रिय सम्बन्धलाई सन्तुलित ढंगले अघि बढाउने, दुवै छिमेकी देशहरु भनेको ट्रान्जिट कन्ट्री हुन, पारवाहन सुविधा दुवै देशसँग लिनुपर्छ।’ उनले नेपालको विदेश नीति सन्तुलित हुनुपर्ने आगामी कार्यभार रहेको पनि प्रष्ट पारे ।
उनले नेपाल–भारत सम्बन्ध पनि सुमधुर हुनुपर्नेमा जोड दिँदै १९५० को असमान सन्धि खारेज गरेर नयाँ सन्धि जारी गर्नुपर्ने धारणा व्यक्त गरे । उनले दुई वटा राष्ट्रका आवश्यकता अनुसार १९५० को सन्धिलाई ‘रिभ्यु’ गर्नुपर्नेमा जोड दिए । उनले अब नयाँ सन्धि निर्माण गर्नुपर्ने बताए ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...