राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालय अवलोकन – Naya Bikalpa
July 10, 2025, Thursday      Epaper

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालय अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय र नेपाली सेनाको सैनिक सङ्ग्रहालयको आज अवलोकन गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित छाउनी सङ्ग्रहालय अवलोकन गर्न गएका हुन्।

उनलाई पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, सङ्ग्रहालयका प्रमुख अरूणा नकर्मी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयका प्रमुख मायादेवी अर्याललगायत पदाधिकारीले स्वागत गरेका थिए। राष्ट्रिय सङ्ग्रहलयमा प्रमुख नकर्मीले सङ्ग्रहालयबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

नेपाली सेनाको सैनिक सङ्ग्रहालयमा पुग्दा उनलाई नेपाली सेनाका बलाधिकृत निर्मलकुमार थापाले स्वागत गरेका थिए। सैनिक सङ्ग्रहालयमा सङ्ग्रहालय प्रमुख सेनानी गेलान लामाले सङ्ग्रहालयका बारेमा जानकारी गराएका थिए।

सम्बन्धित समाचार

कासामि व प्रशिक्षकयात हन
कासामि व प्रशिक्षकयात हन
  • २०८२ असार २२, १६: ५०

दाङ : जिल्ला क्रिकेट सङ्घं एसिसी मिजं यु–१६ इस्टर्न जोन कप त्याकूगु नेपाली टोलीया दुजः शुभम खनाल व सहायक प्रशिक्षक...

मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
मजदुरके न्यूनतम पारिश्रमिक कायम होबाक चाही
  • २०८२ असार २२, १६: ५०

मोरङ : कोशी प्रदेशक सामाजिक विकासमन्त्री पाँचकर्ण राई मजुदरके जीवनयापनके लेल न्यूनतनम पारिश्रमिक वृद्धि करबाक प्रतिबद्धता व्यक्त कएने अइछ ।...

‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
‘वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय’
  • २०८२ असार २२, १६: ५०

महेन्द्रनगर : मधेश प्रदेशक मुख्यमन्त्री सतिश कुमार सिंह वातावरणीय असन्तुलन सबहक लेल चिन्ताक विषय भेल बताैलैन अइछ । राष्ट्रपति चुरे...