
काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आइतबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा वर्षा भइरहेको छ।
आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आइतबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको छ। राति नै देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ।
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...
काठमाडौं । देशका केही भूभागमा वर्षा र हिमपात हुँदा केही क्षेत्रमा उच्च गर्मीको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका...
काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता गगन थापाको नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्चले शेरबहादुर देउवा र...