
काठमाडौँ । भारतका विदेशमन्त्री एस. जयशंकरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस भेटघाटको बारेमा जानकारी दिएका छन् ।
जयशंकरले भनेका छन्- ‘मैले सी जिनपिङलाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धको हालैको विकासको बारेमा जानकारी गराएको छु । यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौं ।’
विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनमा रहेका छन् ।
यसअघि सोमबार एस. जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । बैठकपछि उनले भारत र चीन बीचको द्विपक्षीय सम्बन्ध सहित सीमा सम्बन्धी मुद्दाहरूको समाधानको बारेमा छलफल भएको बताएका थिए ।
पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा २०२० मा सैन्य गतिरोध र त्यसपछि दुई देशबीचको सम्बन्धमा तनाव पछि यो विदेशमन्त्री एस. जयशंकरको पहिलो चीन भ्रमण हो ।
वीरगञ्ज : वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रू एक खर्ब ८१ अर्ब ७० करोड मूल्य पर्ने छ...
काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...
महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...