उपसभामुख राना ६ दिने चीन भ्रमणमा – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

उपसभामुख राना ६ दिने चीन भ्रमणमा

काठमाडौं। उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको ६ दिने औपचारिक भ्रमणमा प्रस्थान गरेकी छन्।मंगलबार राति उनी चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने पनि छन्।चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने सांघाइ कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेकी हुन्।

सो कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।भ्रमण क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम भएको बताइएको छ ।

उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित समाचार

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
  • २०८२ श्रावण ७, ०८: ४२

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...

महाकाली नदीमा सेनाको विपद् अभ्यास
महाकाली नदीमा सेनाको विपद् अभ्यास
  • २०८२ श्रावण ७, ०८: ४२

महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...

जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
  • २०८२ श्रावण ७, ०८: ४२

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई...