गत आर्थिक बर्षमा अख्तियारमा २८ हजार ५९७ उजुरी, स्थानीय तहविरुद्ध सबैभन्दा बढी – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

गत आर्थिक बर्षमा अख्तियारमा २८ हजार ५९७ उजुरी, स्थानीय तहविरुद्ध सबैभन्दा बढी

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०८१-८२ मा २८ हजार ५९७ उजुरी परेका छन् ।

आयोगले गत आर्थिक बर्षमा बिभिन्न माध्यमबाट २८ हजार ५९७ उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ४२९ उजुरीसमेत गरेर कारबाही गर्नुपर्ने जम्मा उजुरीको संख्या ३७ हजार २६ रहेको जानकारी दिएको छ ।

शुक्रबार अख्तियारले गरेको आफ्नो बार्षिक समिक्षामा यो रिपोर्ट दिएको हो । प्राप्त उजुरीमध्ये संघीय सरकारसँग सम्बन्धित ३४ प्रतिशत, प्रदेश सरकारसँग सम्बन्धित १२ प्रतिशत र स्थानीय तहसँग सम्बन्धित ५४ प्रतिशत रहेका छन् ।

अख्तियारले उजुरी प्राप्त हुने बिभिन्न माध्यमहरु मध्ये सबै भन्दा बढी उजुरी आयोगको वेबसाइटबाट १० हजार २४५, लिखित निवेदनबाट १० हजार १८०, इमेलमार्फत ८ हजार ४८८, हुलाक सेवाबाट ५ हजार ५५५ समेत गरी अन्य माध्यमहरु टेलिफोन, भाइबर, फेसबुक, मोबाइल एप, समाचार पत्र, राष्ट्रिय सतर्कता केन्द्र र हेलो सरकार समेतबाट २ हजार ५५८ उजुरी प्राप्त भएको जानकारी दिएको छ ।

त्यस्तै अख्तियारले आयोगमा प्राप्त ३७ हजार २६ कुल उजुरीमध्ये छानबिन तथा अनुसन्धानबाट २९ हजार ७०३ अर्थात ८० प्रतिशत उजुरी फर्छ्यौट भएको र बाँकी ७ हजार ३२३ चालु आर्थिक बर्षमा जिम्मेवारी सरेर आएको जनाएको छ । प्राप्त उजुरी मध्ये ६ हजार ७१५ बिभिन्न निकायमा आवश्यक कारबाहीको लागि लेखि पठाइएको र ५८६ सुझाबसहित कार्यान्वयनको लागि लेखि पठाइएको जनाइएको छ ।

आर्थिक वर्ष २०८१-८२ मा आयोगले  ८१ वटा बैंठक बसेर १३७ वटा मुद्दा दायर गर्नेसहित जम्मा एक हजार ४११ वटा निर्णयहरू गरेको छ । विशेष अदालतमा १३७ वटा आरोपपत्र दायर भएकोमा कुल ७५३ जना प्रतिवादी बनाई ५ अर्ब ९७ करोड ७३ लाख ८ हजार ८३८ रुपैयाँ बिगो मागदाबी लिइएको छ भने ती मध्ये घुस/सँग सम्बन्धित ३७ वटा, गैरकानुनी लाभ वा हानीसँग सम्बन्धित ३६ वटा, झुट्टा-नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र सम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित २३ वटा, गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी ८ वटा, सम्पत्ति शुद्धीकरण सम्वन्धी २ वटा र विविध विषयका ४ वटा रहेको अख्तियारले जनाएको छ । त्यस्तै रंगेहात कारबाही २२ वटा भएकोमा ३३ जना व्यक्तिहरु नियन्त्रणमा लिई निजहरुबाट ५५ लाख १० हजार रकम वरामद भएको छ ।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनका लागि आयोगबाट ३ वटा प्रदेशस्तरीय, १३ वटा जिल्लास्तरीय र १४३ वटा पालिकास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०८२ श्रावण ९, २०: ५७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०८२ श्रावण ९, २०: ५७

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०८२ श्रावण ९, २०: ५७

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...