कस्तो छ आजको मौसम पूर्वानुमान ? – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ भने बागमती प्रदेशका केही स्थानहरू तथा कोशी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेशको तराई र मधेश प्रदेशमा हावाहुरी चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टा देशभर मनसुनी वायुको प्रभाव कमजोर रही क्षणिक वर्षा हुने भएकोले दिउँसोको समयमा गर्मी यथावत रहने देखिन्छ भने सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
  • २०८२ श्रावण १०, ०६: ०८

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...

महाकाली नदीमा सेनाको विपद् अभ्यास
महाकाली नदीमा सेनाको विपद् अभ्यास
  • २०८२ श्रावण १०, ०६: ०८

महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...

जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
  • २०८२ श्रावण १०, ०६: ०८

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई...