नेप्सेमा सामान्य गिरावट, १९ अर्ब ३६ करोडको कारोबार – Naya Bikalpa
June 10, 2026, Wednesday      Epaper

नेप्सेमा सामान्य गिरावट, १९ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने साढे २६ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज समता घरेलु लघुवित्तको सबैभन्दा बढी ९.९९ प्रतिशत, सान्भी इनर्जीको ९.९२ प्रतिशत र ट्रेड टावर लिमिटेडको सेयर ९.५३ प्रतिशतले बढेको छ । त्यस्तै आज बिन्ध्याबासिनी हाइड्रोको सेयर मुल्य ८.४९ प्रतिशतले घटेको छ ।

आज सबै भन्दा बढी कारोबार शिभम सिमेन्टको ९२ करोड ५७ लाख ८२ हजार बराबरको र हिमालयन डिसटिलरीको ७८ करोड ९९ लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
  • २०८२ श्रावण १२, १६: ४३

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको...

धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
धादिङको गल्छीमा पर्यटक बस र सानो गाडी ठोक्किँदा ७ जना घाइते
  • २०८२ श्रावण १२, १६: ४३

धादिङ, असार ९ – धादिङको गल्छी गाउँपालिका–७ स्थित गल्छी बजारमा रहेको पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी एकआपसमा...

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्री महावीर पुनले लिए शपथ
  • २०८२ श्रावण १२, १६: ४३

काठमाडौं : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा नवनियुक्त गृहमन्त्री सुधन गुरुङ...