
काठमाडौँ । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस मनाइदैछ । यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरेर विश्वभर मनाइदै छ ।
सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने निर्णय भएको थियो ।
मानव बेचबिखन एक जघन्य अपराध हो जसबाट संसारका हरेक देश प्रभावित बनेका छन् । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...