रुसमा लगातार दोस्रो दिन पनि भूकम्प – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

रुसमा लगातार दोस्रो दिन पनि भूकम्प

काठमाडौँ । रुसमा लगातार दोस्रो दिन पनि भूकम्प गएको छ । बिहीबार बिहान रुसको पूर्वी क्षेत्रको कुरिल टापुहरूमा गएको यस भूकम्पको म्याग्निच्युड ६.५ छ ।

रुसको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार, यसको गहिराइ १० किलोमिटर थियो । यसअघि बुधबार कुरिल टापुहरू नजिकैको समुद्रमा ८.८ म्याग्निच्युडको ठूलो भूकम्प गएको थियो । जुन अहिलेसम्म रेकर्ड गरिएका सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्ये छैटौं नम्बरमा छ ।

८.८ म्याग्निच्युडको भूकम्पपछि सुनामीका छालहरू रूस, जापान, चीन र अमेरिका पुगेका थिए । रुसमा यी छालहरू ४ मिटर अग्ला थिए भने अमेरिकामा १ मिटर अग्ला थिए । बुधबार सो क्षेत्रमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यसबाहेक कामचटकामा भूकम्पपछि ज्वालामुखी पनि विस्फोट भएको थियो ।

सम्बन्धित समाचार

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
  • २०८२ श्रावण १५, १६: ४१

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...

महाकाली नदीमा सेनाको विपद् अभ्यास
महाकाली नदीमा सेनाको विपद् अभ्यास
  • २०८२ श्रावण १५, १६: ४१

महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...

अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण, बन्दर अब्बास क्षेत्रमा विस्फोट
अमेरिकाद्वारा इरानमा पुनः हवाई आक्रमण, बन्दर अब्बास क्षेत्रमा विस्फोट
  • २०८२ श्रावण १५, १६: ४१

काठमाडौँ । अमेरिकाले इरानमाथि फेरि हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । दक्षिणी इरानस्थित बन्दर अब्बास आसपासका क्षेत्रमा गएराति...