आज राष्ट्रिय कोदो दिवस मनाइँदै – Naya Bikalpa
March 11, 2026, Wednesday      Epaper

आज राष्ट्रिय कोदो दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गत असर ३० गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १६ गतेलाई ‘राष्ट्रिय कोदो दिवस’ का रूपमा मनाउने निर्णय गरेको हो ।

बहुगुणीका अन्नका रूपमा रहेको कोदो खेती कम भइरहेका अवस्थामा सरकारले साउन राष्ट्रिय दिवस मनाउने निर्णय गरेको हो । सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र सिँचाइ पनि धेरै आवश्यक नपर्ने बहुगुणी कोदोलाई भने उपेक्षामा राखेको भन्दै सरकारको आलोचना हुँदै आएकोमा सरकारले अब कोदो दिवसलाई औपचारिक मान्यता दिएको छ ।

कृषि मन्त्रालयका अनुसार ७७ जिल्लामै उत्पादन गर्न सकिने कोदोको खेती ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म हुन्छ । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए । कृषि विभागले आर्थिक वर्ष २०८१–८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

नेपाल र भारतका पहाडी भेगहरूमा यो अन्न मुख्य खाद्य बालीको रूपमा उब्जाइन्छ । समुद्र सतहदेखि १८०० मिटर उचाइसम्म सजिलै खेती गर्न सकिने भएकाले यो अन्न पहाडी भेगमा निकै लोकप्रिय छ । कोदोमा क्याल्सियम, फलाम र फस्फोरसजस्ता शरीरका लागि आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा पाइन्छ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । यसले पाचन प्रणालीलाई सुधार गर्छ र मधुमेह नियन्त्रणमा सहयोग पुर्याउँछ । कोदो पशुको दाना बनाउन पनि उपयोगी मानिन्छ ।

सम्बन्धित समाचार

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह
  • २०८२ श्रावण १६, ०८: ३५

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ । निगमले...

नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
नेप्सेमा ४६.७८ अंकको गिरावट, १३ अर्ब १८ करोडको कारोबार
  • २०८२ श्रावण १६, ०८: ३५

काठमाडौं । धितोपत्र मापक नेप्से परिसूचक दोस्रो दिन पनि उच्च अंकले घटेको छ ।  हिजो ३२.८ अङ्कले घटेको शेयर बजार...

दीपक मनाङे कारागारबाट छुटे
दीपक मनाङे कारागारबाट छुटे
  • २०८२ श्रावण १६, ०८: ३५

काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् । मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार...