मधेशमा ५७ प्रतिशत रोपाइँ, चार जिल्लामा खासै हुन सकेन् रोपाइँ – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

मधेशमा ५७ प्रतिशत रोपाइँ, चार जिल्लामा खासै हुन सकेन् रोपाइँ

काठमाडौं।सङ्घीय सरकारद्वारा तीन महिनाका लागि घोषित विपद् सङ्कटग्रस्त क्षेत्र मधेश प्रदेशमा आधाभन्दा बढी खेतीयोग्य जमिनमा धान रोपाइँ भएको छ ।मधेश प्रदेशभरी ५७.२७ प्रतिशत हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा धान रोपाइँ भएको हो ।
मधेश प्रदेशमा पाँच लाख ४२ हजार ५८०.७८ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्य रहेको छ । जमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल जग्गमा धान रोपाइँ हुने गरेकामा अहिलेसम्म दुई लाख १३ हजार ३४८.९५ हेक्टर क्षेत्रफल जमिनमा मात्र धान रोपाइँ भएको मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।मधेशका चार जिल्लाको धान रोपाइँ अवस्था भने सन्तोषजनक रहेको तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार सब भन्दा बढी बारा र पर्सामा धान रोपाइँ भएको छ । पर्सामा ८५ र बारामा ८३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यस्तै रौतहटमा ७३ र सर्लाहीमा ६५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको सो मन्त्रालयका वरिष्ठ पशु विकास अधिकृत डा.सरोज चौधरीले जानकारी दिनुभएको छ । यी चार जिल्लामा धान रोपाइँ सन्तोषजनक रहेको उहाँको भनाइ छ ।

मधेश सरकारले सुक्खा क्षेत्र घोषणा गरेको मधेश प्रदेशका आठ जिल्लामध्ये चार जिल्लाको धान रोपाइँ अवस्था नाजुक रहेको छ ।यतिबेलासम्ममा करिब ८०–८५ प्रतिशत रोपाइँ भइसक्नुपर्नेमा महोत्तरी, सप्तरी र धनुषामा गरी तीन जिल्लामा अझैपनि ५० प्रतिशतभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

महोत्तरी ३९.७३, सप्तरीमा ४० र धनुषामा ४० प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको उहाँले बताउनुभयो । सिरहामा पनि ५० प्रतिशत हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको छ ।

सम्बन्धित समाचार

सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष
  • २०८२ श्रावण १७, १९: ४६

काठमाडौं : सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको निष्कर्ष सार्वजनिक...

महाकाली नदीमा सेनाको विपद् अभ्यास
महाकाली नदीमा सेनाको विपद् अभ्यास
  • २०८२ श्रावण १७, १९: ४६

महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...

जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
  • २०८२ श्रावण १७, १९: ४६

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई...