राजनीतिमा युवापुस्तालाई जोड्नु जरुरी: डा. कोइराला – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

राजनीतिमा युवापुस्तालाई जोड्नु जरुरी: डा. कोइराला

विराटनगर।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलेका युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य धराशायी बन्ने खतरा रहेको बताएका छन्।नेपाली कांग्रेस विराटनगर महानगर–४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्र नै कमजोर हुने बताए।

नेता कोइरालाले लोकतन्त्र बिना अब नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे। बलियो कांग्रेसले मात्रै लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै उनले बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्ने धारणा राखे ।

वर्तमान समयमा युवाहरुमा राजनीतिप्रतिको विकर्षण भएकोले त्यसलाई आकर्षणमा बदल्नुपर्नेमा डा.कोइरालाले जोड दिए ।

सम्बन्धित समाचार

सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
सरोजकुमार यादव मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त
  • २०८२ श्रावण १७, १९: ५१

जनकपुर । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश...

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८२ श्रावण १७, १९: ५१

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८२ श्रावण १७, १९: ५१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...