समाजवादी मन्त्री भुसालकाे छलाङः धान पाक्ने वेला बल्ल भित्रियाे युरिया मल – Naya Bikalpa
November 20, 2026, Friday      Epaper
किसानकाे पसिनामाथी दशकाै देखिकाे राजनीति

समाजवादी मन्त्री भुसालकाे छलाङः धान पाक्ने वेला बल्ल भित्रियाे युरिया मल

नयाँ विकल्प
काठमाडाैं- समाजवादका ब्याख्याता र आफुलाइ कृषि क्रान्तीका हिमायती ठान्ने कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले धान राेप्ने बेला चाहिने मल पाक्ने वेला भित्र्याएर अर्काे क्रान्ति गरेका छन् ।

मन्त्री भुषालले जेठमा किसानकाे घर घरमा पुर्याउनुपर्ने मल भदाैकाे दाेस्राे साता मात्र भन्सार सम्म ल्याइ पुर्याए । भुषालले मल भित्र्याउँदा कृषककाे बालि कतै पाकेर पहेलाे बनेकाे छ भने अधिकांश भुभागमा मल नपाइ धान त्यसै सुक्ने अवस्थामा पुगिसकेकाे छ ।


भारतवाट खरिद गरेकाे २५ लाख किलाे युरिया मल मंगलबार विरगञ्ज भन्सार आइपुगेको छ । गत जेठमा नेपाल भित्रिनु पर्ने उक्त रसायनिक मल चार महिना पछि बल्ल नेपाल भित्रिएकाे हाे ।

भारतकाे कलकत्ता बन्दरगाहमा लकडाउनका कारणा साे ठुलाे परिणामकाे मल समयमै नआउँदा किसाललाइ मल अभाव भएकाे थियाे । कतिपय किसानले उक्त मल बालीमा लगाउन नपाएका कारणा अपेक्षित उब्जनी हुन सकेकाे छैन् ।

नेपालमा खपत हुने ठुलाे परिणामकाे रसायनिक मल साल्ट ट्रेडिङ कर्पोरेशनले भन्सार छुटमा खरिद गदैं किसाललाइ विक्रि गदैं आएकाे छ ।


तर विभिन्न बहानामा मल समयमै ल्याउन नसक्दा उत्पादनमा ठुराे ह्रास आउने गरेकाे छ ।
भारतलले विभिन्न बहानामा समान पठाउन ढिलाे गर्ने र साल्ट ट्रेडिङ कर्पोरेशनले समेत समयमा मल ल्याउन नसक्दा कृषि प्रणालि नै अस्तब्यस्त जस्तै बनेकाे छ । यसवारे कृषि मन्त्रालय , विभाग बेखबर जस्तै बन्दै आएका छन ।

समयमा मल नपाउने र बालि भित्र्याउने वेला मात्र मल आउने समस्या दशकाैंदेखि चल्दै आएकाे छ।
साल्ट ट्रेडिङ कर्पोरेशनको खरिद गरेकाे उक्त परिणामकाे मल बुधबार पास गरेर बिहीबारबाट किसानलाई वितरण गरिने तयारी गरिएकाे छ ।मोरङ, सुनसरी, झापा, राजविराज, पोखरा, रौतहट, सिन्धुली, मकवानपुरलगायतका १० जिल्लाका किसानले मात्र उक्त मल पाउने छन् ।

१३ सय टन युरिया मल विराटनगरका लागि कलकत्ताबाट नेपाल भित्रिने तयारीमा रहेकाे छ । ६ सय टन मल विराटनगरमा आइपुगेकाे छ । साल्ट ट्रेडिङ कर्पोरेशनले बार्षीक ३२ हजार १ सय टन रसायनिक मल खरिद गर्ने सम्झाैता गरेकाे छ ।


कर्पोरेशनले लकडाउनमा अड्किएको ५० हजार टन डिएपी मल मध्ये ६ हजार टन काम नलाग्ने भएकाले फिर्ता गरिएकाे छ ।


कृषि तथा पशुपन्छी विकास मन्त्रालय सहसचिव तथा प्रवक्ता डाक्टर हरि बहादुर केसीले काेराेना संक्रमणका कारण कलकत्ता बन्दरगाहा बन्द भएकाे र सरकारी खरिद प्रक्रिया का कारण मल ढिलाे आउने गरेकाे बताउँछन् ।


नयाँ विकल्प डटकमले मल बालि भित्र्याउने वेला झिकाउनु भएछ नि, बषाैंदेखिकाे याे समस्या कहिले अन्य गर्नुहुन्छ भन्ने जिज्ञासा राख्दा केसी खरिद प्रक्रिया केहि झन्झटिलाे भएकाले याे समस्या दाेहाेरीरहेकाे र यसवर्ष देखि केहि सहज बनाउने प्रक्रिया अगाडि बढाइएकाले आगामी बर्ष देखि यस्ताे समस्या नआउने बताउँछन् ।

सम्बन्धित समाचार

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ भाद्र १०, १२: ५४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ भाद्र १०, १२: ५४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ भाद्र १०, १२: ५४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...