
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान युवा पुस्ता, विशेषगरी जेन्जी पुस्तालाई पार्टीसँग आबद्ध गराउन नसके कांग्रेसको भविष्य नै संकटमा पर्ने चेतावनी दिएका छन् ।
शनिबार विराटनगर महानगरपालिका–४ कार्यसमितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने उल्लेख गरे । “लोकतन्त्र बिना नेपाली जनता बाँच्न सक्दैनन्,” उनले भने, “बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्छ ।”
नेता कोइरालाले कांग्रेसलाई मजबुत बनाउन युवापुस्तालाई पार्टीप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए । अहिलेको मुख्य चुनौती भनेको राजनीतिप्रति युवामा देखिएको वितृष्णालाई विश्वास र आकर्षणमा बदल्नु भएको उनले बताए ।
“लोकतन्त्रको स्थायित्व र देशको समृद्धिको आधार कांग्रेस हो,” कोइरालाले भने, “त्यसैले युवालाई कांग्रेसको भूमिकाबारे बुझाउनु अहिलेको आवश्यकता हो ।”

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ। महाशाखाका अनुसार...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण क्रममा नेपाल र भारतले आगामी दिनमा द्विपक्षीय सहकार्य विस्तार गर्न १० वटा प्रमुख...