जेन्जी पुस्तालाई आबद्ध गराउन नसके कांग्रेसको भविष्य नै संकटमा पर्छ : डा शेखर कोइराला – Naya Bikalpa
November 13, 2026, Friday      Epaper

जेन्जी पुस्तालाई आबद्ध गराउन नसके कांग्रेसको भविष्य नै संकटमा पर्छ : डा शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान युवा पुस्ता, विशेषगरी जेन्जी पुस्तालाई पार्टीसँग आबद्ध गराउन नसके कांग्रेसको भविष्य नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

शनिबार विराटनगर महानगरपालिका–४ कार्यसमितिद्वारा आयोजित क्रियाशील ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै उनले कांग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने उल्लेख गरे । “लोकतन्त्र बिना नेपाली जनता बाँच्न सक्दैनन्,” उनले भने, “बलियो कांग्रेसले मात्र लोकतन्त्रको रक्षा गर्न सक्छ ।”

नेता कोइरालाले कांग्रेसलाई मजबुत बनाउन युवापुस्तालाई पार्टीप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए । अहिलेको मुख्य चुनौती भनेको राजनीतिप्रति युवामा देखिएको वितृष्णालाई विश्वास र आकर्षणमा बदल्नु भएको उनले बताए ।

“लोकतन्त्रको स्थायित्व र देशको समृद्धिको आधार कांग्रेस हो,” कोइरालाले भने, “त्यसैले युवालाई कांग्रेसको भूमिकाबारे बुझाउनु अहिलेको आवश्यकता हो ।”

सम्बन्धित समाचार

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
  • २०८२ श्रावण १८, ११: ३७

काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै...

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना
  • २०८२ श्रावण १८, ११: ३७

काठमाडौं : देशमा पश्चिमी वायुको प्रभाव बिस्तारै बढ्दै जाँदा आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा वर्षा...

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
  • २०८२ श्रावण १८, ११: ३७

काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...