बागमती मुख्यमन्त्री लामाले आज राजीनामा दिने – Naya Bikalpa
May 28, 2026, Thursday      Epaper

बागमती मुख्यमन्त्री लामाले आज राजीनामा दिने

हेटौंडा। बागमती प्रदेशको राजनीतिमा केही दिनदेखि चलेको अनिश्चितताको बादल हटेको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले अन्ततः पदबाट राजीनामा दिने भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित भएपछि नैतिक दबाबमा परेका लामाले राजीनामा दिन सहमत भएका हुन् ।शनिबार पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा लामा र बानियाँबीच भएको छलफलपछि यो सहमति जुटेको हो ।
छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार, मुख्यमन्त्री लामाले राजीनामाका लागि दुईवटा शर्त राखेका थिए । पहिलो, आफूले नियुक्त गरेका तीन मन्त्रीलाई शपथ गराउनुपर्ने र दोस्रो, आगामी सरकार सञ्चालनमा आफ्नो पक्षसँग सहमति गर्नुपर्ने । यी दुई बुँदामा सहमति भएपछि लामा राजीनामा दिन तयार भएका हुन् ।

मुख्यमन्त्री लामाले साउन १४ गते कांग्रेस बागमती प्रदेशसभाका प्रमुख सचेतक गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए । तर, सत्ता साझेदार दल नेकपा एमालेको असन्तुष्टि र पछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा आएको आकस्मिक समस्याका कारण शपथ ग्रहण कार्यक्रम रोकिएको थियो । काठमाडौंमा उपचाररत प्रदेश प्रमुख देवकोटा आइतबार हेटौंडा फर्किएमा उनलाई नै राजीनामा बुझाइने, नभए मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा दर्ता गरिने बताइएको छ ।लामाले राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको नयाँ मुख्यमन्त्री बन्नेछन् । उनी प्रदेशको छैटौं मुख्यमन्त्री हुनेछन् ।

सम्बन्धित समाचार

महाकाली नदीमा सेनाको विपद् अभ्यास
महाकाली नदीमा सेनाको विपद् अभ्यास
  • २०८२ श्रावण १८, १२: २९

महेन्द्रनगर : नेपाली सेनाको अगुवाइमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली नदीमा विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी ‘अभ्यास मनसुन–६’ गरेको छ ।...

जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
जाइकाको अनुदानमा बीपी राजमार्गको पिप्ले–बर्खेखोला सडक दुई लेनमा निर्माण हुने
  • २०८२ श्रावण १८, १२: २९

काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई...

बकर इद मनाइँदै
बकर इद मनाइँदै
  • २०८२ श्रावण १८, १२: २९

काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...