नेप्सेमा सामान्य सुधार, २.३५ अंकले बढ्यो बजार – Naya Bikalpa
April 14, 2026, Tuesday      Epaper

नेप्सेमा सामान्य सुधार, २.३५ अंकले बढ्यो बजार

काठमाडौँ । आज नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेप्से बुधबार २.३५ अंकले बढेर २८३६.३५ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२० कम्पनीका २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेयर ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२  मा किनबेच भएको नेप्सेले जनाएको छ ।

यस दिन कुल ३२० स्टकको ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ रुपैयाँ बराबरको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता शेर कारोबार भएको छ । मंगलबार ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर कारोबार भएको थियो ।

आज सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले घटेको छ । फ्लोट इण्डेक्स ०.११ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०४ अंकले घटेको छ । यसदिन समाज वीन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड, माहुली लघुवित्त र ट्रेड टावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबै भन्दा बढी कारोबार एनगाडी ग्रुप पावरको २९ करोड ४५  लाख र हिमालयन रिइन्सुरेन्सको २८ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित समाचार

नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
नेपाल–भारत सहकार्यमा प्रसौनिको बेङ्गा साह माविमा विद्यालय तथा पुस्तकालय भवनको शिलान्यास
  • २०८२ श्रावण २१, १७: २४

वीरगञ्ज : नेपाल–भारत विकास सहकार्यअन्तर्गत बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ स्थित श्री बेङ्गा साह माध्यमिक विद्यालय तथा पुस्तकालय भवन निर्माण कार्य...

नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा लाखौं भक्तजनले गरे दर्शन
  • २०८२ श्रावण २१, १७: २४

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...

आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
आज नयाँ वर्ष : हर्षोल्लासका साथ मनाइँदै
  • २०८२ श्रावण २१, १७: २४

काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने...