नेपवेस्टसँग सम्झौता रोक्ने काठमाडौं महानगरको निर्णय बदर – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

नेपवेस्टसँग सम्झौता रोक्ने काठमाडौं महानगरको निर्णय बदर


काठमाडौं : पाटन उच्च अदालतले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि नेपवेस्टसँग भएको सम्झौता एकतर्फी रूपमा रोक्ने काठमाडौं महानगरपालिकाको निर्णयलाई बदर गरिदिएको छ।

बुधबार चन्द्रमणि ज्ञवाली र हेमन्त रावलको संयुक्त इजलासले नेपवेस्टको रोकिएको परियोजना तत्काल अघि बढाउन र त्यसका लागि आवश्यक समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाममा आदेश जारी गरेको हो।

आदेशमा परियोजना कार्यान्वयन गर्न कठिनाइ भएको पत्र महानगरसभा, कार्यसमिति, प्रमुख कुन स्तरीय हो भन्दै प्रश्न उठाइएको छ।

‘परियोजना फिर्ता पठाउने निर्णय महानगर कार्यसमितिको हो वा नगरप्रमुखको हो? कुन तहको निर्णय हो भन्ने बेहोरा उक्त पत्रमा खुलेको अवस्था देखिएन,’ आदेशमा भनिएको छ।

२०७५ जेठ ९ गते लगानी बोर्ड र नेपवेस्ट प्रालिबीच परियोजना विकास सम्झौता (पिडिए) भएको थियो। २०७८ सालमा उक्त परियोजनामा महानगर पनि जोडिँदै हस्ताक्षर गरेको थियो। महानगरमा मेयर बालेन शाह निर्वाचित भएर आएपछि २०८० वैशाख २३ गते महानगरले परियोजना कार्यान्वयनमा कठिनाइ भएको भन्दै सम्पूर्ण कागजात लगानी बोर्डलाई फिर्ता पठाएको थियो।

सोही कदमविरूद्ध नेपवेस्टले मुद्दा दायर गरेको थियो।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८२ श्रावण २२, ०७: ४९

काठमाडौं : आज बुधबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ ।...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८२ श्रावण २२, ०७: ४९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
स्थानीय निर्वाचनमा प्रतिनिधिसभाको जस्तो राजनीतिक हुरी चल्दैन : प्रचण्ड
  • २०८२ श्रावण २२, ०७: ४९

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा जस्तो राजनीतिक हुरी नचल्ने बताएका छन्...