
काठमाडौँ । मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा रहेकाले देशभर मनसुनको प्रभाव देखिएको छ। तर, जलवाष्पयुक्त हावाको प्रभाव कमजोर रहेकाले अधिकांश भू-भागमा आंशिक बदली मात्र देखिएको छ।
कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु, रामेछाप, मोरङ, उदयपुरमा बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, रसुवा, सिन्धुली, मकवानपुरमा बाढीको मध्यम जोखिम छ ।
बिहीबार बिहानको मापन अनुसार प्रमुख नदीहरू सतर्कता तहभन्दा तल छन्। तर, झापा, इलाम, पाँचथर लगायतका जिल्लामा बहने साना नदीमा आकस्मिक बाढीको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। ताप्लेजुङदेखि कञ्चनपुरसम्मका धेरै जिल्लामा स–साना नदीको बहाव उल्लेख्य बढ्ने र मध्यम जोखिम रहने सम्भावना छ। सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
महाशाखाका अनुसार देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ ।


काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...