
काठमाडौं : विद्यालय शिक्षा ऐन समयमै जारी नभएको भन्दै नेपाल शिक्षक महासंघले भदौ दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बिहीबार काठमाडौंमा बसेको बैठकले आन्दोलनका कार्यक्रम तय गर्न ‘आन्दोलन परिचालन समिति’ बनाउने निर्णय गरेको छ । आन्दोलन कार्यक्रम राष्ट्रिय समितिको बैठकबाट पारित गरिनेछ । सो बैठक भदौ ३ र ४ गतेका लागि बोलाइएको छ ।
सरकारले असार १५ भित्र ऐन टुंगो लगाउने प्रतिबद्धता जनाए पनि प्रक्रिया अघि नबढेपछि महासंघले असन्तुष्टि जनाएको हो । सरकारसँग भएको सहमतिअनुसार विधेयक नआएकाले बाध्य भएर आन्दोलनमा जान लागिएको सुवेदीले बताए ।
उनका अनुसार शिक्षा समितिमा विधेयक के अवस्थामा छ भन्ने जानकारी नहुँदा प्रतिनिधिसभामा दर्ता भएपछि मात्र मूल्यांकन गरिनेछ ।
यसैबीच, प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षक बढुवासम्बन्धी नयाँ प्रस्तावहरू पारित गरेको छ ।
महासंघले यसअघि चैत २० देखि २९ दिन लामो शैक्षिक आन्दोलन गरेको थियो ।
कास्की : पर्यटकीय राजधानी पोखरामा दुई सातादेखि उठ्न नसकेको फोहर बिहीबार साँझदेखि उठाउन सुरु गरिएको छ । बजार क्षेत्रको सडक...
काठमाडौंः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।...
बुटवल । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब आलोपालो प्रधानमन्त्री बन्ने प्रथा अन्त्य गर्नुपर्ने बताएका छन्।बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै...