
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक शुक्रबार बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए।दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा केन्द्रीय समिति बैठक बस्ने छ ।
उनका अनुसार केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुनेछ।
रूपन्देही–३ मा कात्तिक १७ गते उपचुनाव हुँदैछ। उक्त चुनावमा उम्मेदवारीका लागि रास्वपाले ९ जनाको नामावली सार्वजनिक गरेको छ।
शुक्रबार र शनिबार ती नाममाथि दाबी विरोध आह्वान गरिएको छ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...