
जनकपूर। पछिल्लो एक हप्तादेखिको लगातारको वर्षापछि मधेस प्रदेशमा धान रोपाइँसँगै किसानमा केही खुशी बढेको छ। पानी पर्याप्त भएपछि शुक्रबारसम्म ७२ प्रतिशत धान रोपाइँ पूरा भएको मधेस प्रदेशको कृषि निर्देशनालयले जनाएको छ।
यस वर्ष ढिलो वर्षा भएको र धान रोपाइँ अपेक्षाकृत रुपमा नभएकाले उत्पादन २० प्रतिशतले घट्ने निर्देशनालयको अनुमान छ। ‘सिँचाइ तथा आकाशे पानीको अभावमा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र रौतहटमा धान रोपाइँ गत वर्षको तुलनामा कम भएको थियो, अहिले पानी परेपछि फेरि बढेको छ,’ निर्देशनालयका वरिष्ठ बागवानी अधिकृत प्रदीप यादवले भने।
यसैबीच मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषण गरिएपछि यहाँका कृषि ज्ञान केन्द्रको कार्यालयबाट किसानलाई खेती प्रयोजनका लागि स्यालो टयुवबेल वितरण प्रक्रिाय सुरु गरेको छ।
निर्देशनालयका अनुसार मधेस प्रदेशमा कूल तीन लाख ७२ हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ।
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेको पिप्लेदेखि सिन्धुलीको बर्खेखोलासम्मको बाँकी सडक खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा दुई...
काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...
काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ...