
काठमाडौं : मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (भारततर्फ) अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले मधेस, कोशी, लुम्बिनी लगायत प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टामा धनुषाको तुलसीमा १०३.२, सर्लाहीको परवानीपुरमा ८१.२, सिन्धुपाल्चोकको मानेखर्कमा ८८, कैलालीको एक स्थानमा ८६.२ मिलिमिटर वर्षा भएको थियो।
आइतबार देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आइतबार राति देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत कोशी, बागमती, र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ...
काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन...
काठमाडौं : भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू कमला एक्सप्रेस रेल आज बिहान जनकपुरधाम आइपुगेको छ । जनकपुरधाम आइपुगेको...