भ्रातृ संस्थाहरुको अधिवेशन गराउन कांग्रेसले पारित गर्‍यो निर्देशिका – Naya Bikalpa
November 25, 2026, Wednesday      Epaper

भ्रातृ संस्थाहरुको अधिवेशन गराउन कांग्रेसले पारित गर्‍यो निर्देशिका

काठमाडौं : नेपाली कांग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

बैठकपछि कुराकानी गर्दै उनले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी दिए । उनले निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरुसँग सुझाव लिइएको बताए ।

उनले भने, ‘लामो समयसम्म अधिवेशन नभएको तथा अधिवेशन गर्न बाँकी रहेका भ्रातृ संस्थाहरुको बारेमा अधिवेशन गर्नको लागि बनाइएका निर्देशन समितिहरु र पार्टीका पदाधिकारीहरुको संयुक्त बैठक थियो । त्यो संयुक्त बैठकले अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ । त्यो निर्देशिका पार्टी महामन्त्री विश्वप्रकाश शर्मा उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र सहमहामन्त्रीज्युहरुको उपस्थितिमा सबै भ्रातृ संस्थाका अध्यक्ष र निर्देशन समितिहरुलाई राखेर त्यसका बारेमा छलफल भयो । र त्यो छलफलमा केही सुझावहरु प्राप्त गरिसकेपछि निर्देशिका पारित गरेका छौँ ।’

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन कांग्रेस महामन्त्री डा. संग्रौलाको आह्वान
  • २०८२ श्रावण २६, १७: ११

काठमाडौं : नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौलाले पार्टी एकताका लागि असन्तुष्ट नेता तथा कार्यकर्तालाई मूल प्रवाहमा फर्किन आह्वान गरेकी...

आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
आगलागी पीडित प्रेम राईलाई नेपाली कांग्रेस नगर कार्यसमिति र कांग्रेस ९ नम्बर वार्डको समन्वयमा आर्थिक सहयोग हस्तान्तरण
  • २०८२ श्रावण २६, १७: ११

हडिया : उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिका–९ हडिया स्थित विष्णुजगमा आगलागीबाट घर तथा धनमाल गुमाएका प्रेम राईको परिवारलाई नेपाली कांग्रेसले आर्थिक...

दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
दानबहादुर कार्कीको पक्षमा अन्तरिम आदेश जारी गर्न सर्वोच्चद्वारा अस्वीकार
  • २०८२ श्रावण २६, १७: ११

काठमाडौं : सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आइजिपी) पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिटमा अन्तरिम आदेश जारी...