
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् ।
बानियाँ साउन २० गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
११० सदस्यीय बागमती प्रदेशमा कांग्रेसका ३७ र एमालेका २७ गरि ६४ सांसद रहेका छन्, जुन बहुमतभन्दा बढी छ । त्यस्तै बागमतिमा नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् ।बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप लगाएका छन् ।
कांग्रेसका बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँ आफ्नो दलका ३७ र सत्ता साझेदार एमालेका २७ गरी कुल ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । आफ्नै दलका नेता बहादुरसिंह लामालाई विस्थापन गर्दै बानियाँ मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री बन्न बानियाँले लामाविरुद्ध कांग्रेसको प्रदेश संसदीय दलमा अविश्वास प्रस्ताव पारित गराई चुनावबाट आफैँ दलका नेता बनेका थिए । दलको नेतामा चुनाव हारेपछि लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए ।
काठमाडौं : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ। इदुल फित्र अर्थात् रमजान...
काठमाडौं : भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेक्का सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ...
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न सरकारले गठन गरेको न्यायिक छानबिन...