
काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन्।लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्।
‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले भने।
अनिलकुमार झाले पनि आफूले वरिष्ठ नेता र पार्टीबाट पनि राजीनामा दिएको बताए। ‘मैले धेरै पहिला नै राजीनामा दिएको थिएँ, स्वीकृत पनि भइसकेको छ, आज चर्चा भयो,’ भने।
झा पछिल्लो समय लोसपामा निस्क्रिय थिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...